गुरुङ समुदायले ‘तमू ल्होसार/ल्होछार’ सप्ताहव्यापी रूपमा मनाउने
काठमाडाैं | पुस ९, २०८१
काठमाडौं: गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका छन् ।
तमू ल्होसार मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षका रूपमा मनाइने ल्होसार/ल्होछार विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाउन लागिएको जानकारी दिएको हो ।
‘तमू थातथलोको संरक्षण र सम्वर्द्धनका लागि मौलिक पहिचानको आह्वान, सरकारी कामकाजी भाषाका रूपमा तमू भाषा घोषणाका लागि तमूवान आन्दोलन’ भन्ने मूल नाराका साथ आजदेखि १५ गतेसम्म ल्होसार/ल्होछार मनाउन लागिएको समितिका महासचिव रामबहादुर गुरुङले जानकारी दिनुभयो ।
तमु ल्होसार/ल्होछार पर्व विशेष गरी पुस १५ गते गुरुङ समुदायले एकआपसमा भेटघाट, शुभकामना आदानप्रदान, घरमा पूजा, सांस्कृतिक विधिसहित मनाउने परम्परा रहेको उहाँले बताउनुभयो ।
गुरुङ समुदायले यसवर्ष गरुड वर्गको बिदाई तथा सर्प वर्गको स्वागत गरी ल्होसार मनाउन लागेका हुन् ।
एक हप्तासम्म शुभकामना आदानप्रदान, चियापान, पुस्तक विमोचन तथा स्रष्टा सम्मान, खेलकुद कार्यक्रम, लोकदोहोरी प्रतियोगिता, रक्तदान, झाँकी कार्यक्रम, सांस्कृतिक कार्यक्रम र सरकारका विशिष्ट अतिथिको आतिथ्यतामा औपचारिक समारोह आयोजना गरिने महासचिव गुरुङले जानकारी दिनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

